समता अस्पतालमा महिला मृत फेला


प्रकाशित मिति :2019-06-18 12:48:35

ललितपुर । काठमाडौंको बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

सोही अस्पतालमा सरसफाईको काम गर्ने २७ वर्षीया विमला तामाङको अस्पतालमै झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

रामेछापको दोरम्बा घर भएकी तामाङ मृत फेला परेपछि आफन्तले अस्पताल परिसर तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको पनि चन्दले बताए ।

तामाङ दुई महीनादेखि सोही अस्पतालमा काम गर्ने भन्ने बुझ्न आएको छ । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने चन्दले बताए ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको पनि चन्दले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: