विकासका काम लैंगिक समनातामुखी भएनन्


प्रकाशित मिति :2019-06-18 19:12:05

–महिला खबर–

ललितपुर । स्थानीय तहमा सञ्चालन भइरहेका विकासका काम लैंगिक समनातामुखी नरहेको पाइएको छ । लैंगिक समानताका लागि काम गर्दै आएको ओरेक नेपालले आज काठमाडौमा गरेको ‘लैंगिक समानता, राज्यको प्रतिबद्धता वर्तमान नीति तथा कार्यक्रम’ विषयक अन्तक्रियामा यस्तो जानकारी गराएको हो ।

सरकारले देशमा हुने हरेक गतिबिधिमा लैंगिक समानता गर्ने प्रतिबद्धता जनाए पनि स्थानीय तहमा भने यसो नरहेको ओरेक नेपालले जनाएको छ ।

ओरेक नेपालले १९ वटा जिल्लामा विकासका काममा लैंगिक समानाता छ कि छैन भन्ने बारे अनुगमन गर्दा यस्तो पाइएको ओरेक नेपालका कार्यक्रम संयोजक सबिता पोख्रेलले बताइन् ।

स्थानीय तहमा अझै पनि असमानता, विभेद यथावत रहेकाले केन्द्रमा रहेका मन्त्रालयबाट कसरी नीति कार्यक्रम बनाइ अघि बढ्ने भन्दै छलफल गरिएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्टिय महिला आयोग, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधीसंग छलफल गरिएको छ ।

सबै मनत्रालयले आ–आफ्नो मन्त्रालयबाट लैंगिकताका सवालमा भ्इरहेका गतिबिधि र आगामी दिनको कार्य योजनाबारे जानकारी गराएका थिए । समानताको विषयमा नेपालको कानूनले थुपै व्यवस्था गरेको भए पनि कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: