बिमला हत्याको छानबिन गर्न ४ जना नियन्त्रणमा


प्रकाशित मिति :2019-06-20 16:25:01

काठमाडौं । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा मृत फेला परेकी रामेछापकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

अस्पतालमा सरसफाईको काम गर्दै आएको तामाङको शंकारस्पद मृत्यु भएको विषयलाई लिएर प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित ३ जनालाई हिरासतमा राखेको हो ।

समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानयरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

मृतक विमलाको गोजीमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको कागज भेटिएको थियो । प्रहरीका अनुसार कागजमा ‘म्याम’ लेखिएको थियो । त्यही आधारमा प्रहरीले मंगलबार नै सोधपुछको लागि भन्दै उनिहरूलाइ नियन्त्रणमा लिएको परिसरका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: