गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स


प्रकाशित मिति :2019-06-20 16:40:03

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाले नगरभित्रका गर्भवती र सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स् उपलब्ध गराउने भएको छ । गौरी गंगा नगरपालिकाका प्रमुख भीम देउवाले आ.ब. २०७६/०७७ को नीति कार्यक्रम सम्बन्धमा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले नगरपालिकामा तीन वटा एम्बुलेन्स् खरिद गरेको बताउँदै एउटा एम्बुलेन्स सुत्केरी महिलाहरुकै लागि खरिद गरेको बताए । ‘सुत्केरी ब्यथा लागेका महिलाहरुलाई तुरुन्त अस्पताल पुर्याउन सजिलो होस्, उपचार अभावमा शिशु र आमा दुबैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले नीतिगत रुपमै यस्तो प्रस्ताब ल्याएका हौं’ प्रमुख देउवाले भने ।

नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्यलाई मध्यनजर गरी प्रत्येक सुत्केरी महिलालाई एक किलो ध्यू, हरियो सागपात, गेडागुडी लगायत पोषिलो खाने कुरा लिएर बधाई दिने गरेको पनि उनले बताए । अरुले पनि बधाई दिने क्रममा यस्ता पोषिलो खाने कुरा उपहार दिन प्रमुख देउवाको आग्रह थियो ।

“समृद्ध गौरीगंगा नगर विकासको आधारः कृषि, जैविक विविधता, पर्यटन र पूर्वधार” भन्ने नारासहित तयार पारेको नीतिहरुलाई पूर्णता दिन नगरपालिकाको आयोजनामा ओरेक नेपाल, एफएमडीसी लगायतको संस्थाले समन्वय र सहकार्य गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: