१८ सामाजिक संस्थाले गरे मेयरलाई कानूनी कार्वाहीको माग


प्रकाशित मिति :2019-06-21 15:01:53

–महिला खबर–

ललितपुर । ईटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले महिलाहरुको आत्मसम्मानमा चोट पुग्ने गरी बोलेका कुराप्रति विभिन्न सामाजिक संस्थाहरुले भत्सर्ना गरेका छन् ।

२०७६ असार ४ गते ईटहरीको १६ लबिपुरमा आयोजना गरिएको कार्यक्रममा महिलाहरुको आत्मसम्मानमा चोट पु¥याउने गरी मेयर चौधरीले प्रयोग गरेका अपशब्दहरुप्रति अधिकारकर्मीहरुले आपत्ती जनाएका हुन् ।

आज विभिन्न १८ वटा सामाजिक संस्थाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मेयर चौधरीलाई कानूनी कावाही माग समेत गरेका छन् ।

हेर्नुस् प्रेस विज्ञप्तीको पूर्ण पाठ

ईटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले मिति २०७६ असार ४ गते ईटहरी १६ लबिपुरमा आयोजना गरिएको एक कार्यक्रममा महिलाहरुको आत्मसम्मानमा चोट पु¥याउने गरी प्रयोग गरेको अपशब्दहरुको हामी महिला अधिकारकर्मीहरु घोर भत्र्सना गर्दछौ ।

नेपालको संविधान २०७२ ले व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानको अधिकारलाई सुनिश्चित गरेको छ । संविधानले सुनिश्चित गरेको संवैधानिक हकहरु कार्यान्वयन गर्नु राज्यको प्रमुख दायीत्व हो । संविधानले सुनिश्चित गरेको अधिकारहरु स्थानीय तहबाट सुनिश्चित हुने वातावरण तयार गर्नु पालिका प्रमुख तथा स्थानीय जनप्रतिनीधिहरुको दायीत्व हो । तर यसरी स्थानीय तहको नेतृत्व लिईरहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरुलाई लक्षित गरी प्रहार गरिएको अपशब्दले, देशको ५१ प्रतिशत भन्दा बढी जनसंख्या ओगटेको महिलाहरुलाई प्रत्यक्ष रुपमा अपमानित गरेको । जुन संविधानले सुनिश्चित गरेको अधिकारको विरुद्धमा छ ।

देवानी फौजदारी अपराध संहिताको परिच्छेद –१० “भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर” को (१६८) ले कसैलाई पनि अपमानजनक वा अमानवीय व्यवहार गर्नबाट बञ्चित गरेको छ । राज्यको जिम्मेवार व्यक्तिबाट नै यस्तो अपमानजनक शब्द प्रयोग गर्नु देवानी फौजदारी अपराध संहिताले गरेको व्यवस्थाको विरुद्धमा छ । कानुनको सम्मान गर्नु सबै नेपालीको कर्तव्य हो । यसर्थ हामी अधिकारका क्षेत्रमा कार्यरत सम्पुर्ण अधिकारकर्मीहरु यस्तो अपशब्द प्रयोग गर्ने व्यक्ति उपर सम्बन्धित निकायबाट कडा भन्दा कडा कार्वाहि गरियोस्, साथै आगामी दिनमा शब्द तथा व्यवहारले कुनै पनि व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने कार्य नगर्ने प्रतिबद्धताका साथ प्रमुख द्वारिकलाल चौधरीलाई नेपाली महिलाहरु समक्ष सार्वजनिक रुपमा माफि माग्नका लागि सम्बन्धित निकायले पहल गरोस् भन्ने माग गर्दछौ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक)
तान नेपाल (लुम)
जागृति महिला महासंघ
यौनिक तथा अल्पसंख्यकहरुको महासंघ नेपाल
दिगो सामाजिक विकासका लागि मित्रता
नारी चेतना समाज नेपाल
योशान (यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका लागि
युवाद्धारा नेतृत्व गरीएको पैरवी नेपाल)
पौरखी नेपाल
नेपाल महिला एकता समाज नेपाल महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल
तरङ्गनी महिला अधिकार प्रशिक्षण केन्द्र
प्रिथा रिसर्च ट्रेनिङ एण्ड एडभोकेसी ईन्स्टिच्ुट प्रा.लि.
नेपाल अपागं महिला संघ
महिलाका निम्ति महिला मञ्च नेपाल
दृष्टि नेपाल
दिगो सामाजिक विकासका लागि मित्रता
वातावरणीय कृषि तथा विकास केन्द्र (केड)
शक्ति समूह

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: