गुप्ताङ्गमा घाउ देखिएपछि खुल्यो बलात्कारको रहस्य


प्रकाशित मिति :2019-06-23 11:01:17

सुनसरी । सुनसरीको इटहरीमा ६ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ३२ वर्षीय देवेन्द्र गौतमलाई बालिका बलात्कार गरेको आरोपमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई गत असार २ गते घरमा कोही नभएको अवस्थामा बलात्कार गरिएको बताइएको छ । किटानी जाहेरीपछि गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

घटनाको भोलिपल्ट आमाले छोरीको गुप्ताङ्गमा घाउ भएको देखेपछि उपचारको लागि विराटनगर अस्पताल पुर्याएकी थिइन् । उपचारका क्रममा चिकित्सकले बलात्कार भएको आशंका गर्दै प्रहरीमा उजुरी गर्न सल्लाह दिएपछि घटना बाहिर आएको हो ।

घटना भएको तीन दिनपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलका अनुसार बलात्कार वा यौन दुव्र्यवहारमध्ये केही भएको हुनसक्ने बताएका छन् । ‘जे हो, त्यो रिपोर्टमा आउला, दोषीले सजाय पाउँछ,’ उनले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: