गर्भपतन र सुत्केरीको ज्यान जोखिममा


प्रकाशित मिति :2019-06-25 10:55:33

–महिला खबर–

लितपुर । गर्भपतन निःशुल्क रुपमा गरिने कानूनी व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ को कार्यान्वयनको अवस्थामा आईसकेको छ । तर, कानूनको जानकारी नहुँदा असुरक्षित रुपमा महिलाले गर्भपतन गर्न बाध्य छन् ।

राष्ट्रिय महिला आयोग र महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५’ कार्यान्वयनको अवस्था विषयक छलफलमा सूचीकृत प्राप्त अस्पतालमा गएर गर्भपतन गराउनुपर्छ भन्ने बारेमा जानकारी नभएको कुरा उठेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सूचीकृत अस्पतालबाट गर्भपतन गर्ने, गर्भपतनपछि र सुत्केरी पछाडि अपनाउनुपर्ने सावधानीबारे ज्ञान नहुँदा गर्भपतन र सुत्केरीको ज्यान जोखिममा रहेको बताए ।

राज्यमन्त्री यादवले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका लागि सरकारले आवश्यक बजेट नछुट्याएको र त्यसमा पनि सबै बजेट स्थानीय तहमा पठाएको हुँदा काम गर्न कठिन भएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या सचिव पुष्पा चौधरीले नेपालको दुई दशकभन्दा लामो मेहनत र संघष गरेर सुरक्षित गर्भपतनसम्बन्धी ऐन ल्याएको जानकारी दिँदै यो ऐन महिलाको सरोकारको विषय मात्र नभएर राष्ट्रकै सरोकारको विषय भएको बताइन् ।

राष्ट्रिय महिला आयोगका उपसचिव कल्पना खतिवडाले सुरक्षित मातृत्वका विषयमा संघ, प्रदेश र सबै स्थानीय तहमा नै जानकारी गराउनुपर्ने र आगामी दिनमा त्यो कुरा पूरा हुने विश्वास व्यक्त गरिन् ।

अधिवक्ता सविन श्रेष्ठले प्रजनन् स्वास्थ्यले भ्रूण अवस्थादेखि मानिस नमरून्जेलसम्म महत्व राख्ने जानकारी दिंदै दिगो विकास लक्ष्यले सन् २०३० सम्म यौनिक तथा प्रजनन् स्वास्थ्य स्याहार सम्बन्धी सेवाहरूमा सर्वव्यापी पहुँच सुनिश्चित गरेर लैङ्गिक समानता हासिल गर्ने उल्लेख गरेको बताए ।

सो ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका जानकारी नहुँदै धेरै महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: