बलात्कारीलाई आठ वर्ष कैद फैसला


प्रकाशित मिति :2019-06-26 11:33:58

दाङ । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले २१ वर्षीय समिर अलीलाई आठ वर्ष कैदको फैसला गरेको छ ।

राप्ती गाँउपालिका–१ का अलीलाई न्यायाधीश हेमन्त रावलको इजलासले दोषी ठहर गर्दै सोमबार यस्तो फैसला गरेको जिल्ला अदालत दाङले जनाएको छ ।

पीडित महिलालाई अलीले ०७५ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भालुवाङमा पुस १८ गते उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई पुस १८ गते गिरफ्तार गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते भालुवाङ स्वास्थ्य चौकीमा भएको र प्यारालाइसिसले बिरामी परेकी पीडितको ०७५ फागुन २७ गते मृत्यु भएको थियो । शवको पोष्टमार्टम फागुन २७ गते लमही अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: