लागु औषध विरुद्ध विद्यालय केन्द्रित अभियान


प्रकाशित मिति :2019-06-26 11:55:35

सर्मिला बुढाथोकी

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले विद्यालयमा लागु औषध विरुद्ध चेतनामूलक अभियान सञ्चालन गरेको छ । प्रहरीले भीमेश्वर नगरपालिका वडा नम्बर ६ चरिकोटमा रहेको अल्पाईन पब्लिक एकेडेमीमा कार्यक्रम संचालन गरेको हो ।

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन) को अवसरमा जिल्ला प्रहरीले बालबालिकालाई लक्षित गरी सञ्चालन गरेको अभियानमा अल्पाईन पब्लिक एकेडेमीका कक्षा ८, ९ र १० मा अध्यनरत ९० जना छात्रछात्रा र ८ जना शिक्षकको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

लागु औषधको प्रभाव विशेषगरी बालबालिकामा तत्काल पर्ने भएकोले विद्यालयलाई लक्षित गरी लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको चेतनामूलक अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

अभियानको क्रममा लागु औषधले पार्ने मानसिक एवं सामाजिक प्रभाव, बालबालिकामा देखिने असर, नियन्त्रणको लागि कानुनी प्रावधान लगायतको विषयमा चेतना मूलक प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बोहराले बताए ।

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको चेतनामूलक अभियान जिल्लाका अन्य विद्यालयहरुमा समेत सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन) कै अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको विभिन्न ठाउँमा नीजि तथा सार्वजनिक जग्गामा रहेको गाँजा नष्ट गर्ने अभियान समेत सञ्चालन गरेको छ । सो क्रममा हालसम्म ४५ सय बोट गाँजा नष्ट गरिएको प्रहरी निरीक्षक बोहोराले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: