सिंहदरबारकै अगाडि, युवतीलाई बोक्सी कबुल गराउन चरम यातना (भिडियोसहित)


प्रकाशित मिति :2019-06-27 13:28:31

–महिला खबर–

काठमाडौं । काठमाडौंको मुटुमै रहेको भद्रकाली मन्दिर परिसरमा बोक्सी भन्दै एक युवतीलाई चरम यातना दिइएको छ ।

धर्तीमाताको नामले परिचित विष्णु कुँवरले सार्वजनिक स्थल, सिंहदरबार अगाडि, त्यो पनि सुरक्षाकर्मीकै सुरक्षा घेराभित्र युवतीलाई बोक्सी कबुल गराउन शारीरिक र मानसिक यातना दिइएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । यद्यपि विष्णु कुँवरमाथि अहिलेसम्म कुनै खालको कानूनी कार्वाहीको प्रकृया अगाडि बढ्न सकेको छैन ।

धर्तीमाता भनिने कुँवरको घर बुटवल रहेको बुझिएको छ । भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । भिडियोमा उनले पटक पटक भनेकी छन्, ‘तँ को होस्, छिटो निस्की । तेरो मासु खाम्ला, मलाई चिन ।’ यसो भनिरहँदा उनले युवतीको टाउको र गालामा थप्पड हानेकी छन् । युवती भने आमा भन्दै रोइकराई गरिरहेकी छन् ।

प्राप्त जानकारी अनुसार यो घटना यही असार ५ गतेको हो । भिडियोमा माताको यातना पाएकी युवती को हुन् भन्ने बारे खुल्न सकेको छैन ।

हेर्नुस् भिडियो

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: