बोक्सी कबुल गराउन युवतीलाई यातना दिने माता पक्राउ


प्रकाशित मिति :2019-06-28 11:01:48

–महिला खबर–

ललितपुर । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई बोक्सी कबुल गराउन यातना दिने माता पक्राउ परेकी छन् । मातालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान काठमाडौंको बालाजुबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बताए ।

‘धर्तीमाता’को नामले परिचित विष्णु कुँवरले असार ५ गते भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी युवतीलाई बोक्सी कबुल गराउन शारीरिक र मानसिक यातना दिँदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । उनले राजधानीकै मुटुमा अवस्थित भद्रकाली मन्दिर परिसरमा सयौं मान्छेको भिड र प्रहरीकै सुरक्षा घेराभित्र युवतीलाई टाउको र गालामा थप्पड हान्दै बोक्सी कबुल गराएको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको समेत चर्को आलोचना भइरहेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता पोखरेलका अनुसार उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

बुटवलबाट मठ मन्दिरहरुमा दर्शनका लागि आएकी माताले भिडियोमा युवतीलाई ‘तँ को होस्, छिटो निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको देख्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: