१२ हजार ७ सय मुक्त कमलरीलाई परिचय पत्र


प्रकाशित मिति :2019-06-28 14:00:03

कैलाली । कैलालीका मुक्त कमलहरीहरु मुक्तिको ५ वर्षपछि परिचय पत्रका लागि काखमा बच्चा बोकेर मालपोत कार्यालय धाईरहेका छन् ।

२०७० साल असार १३ गते मन्त्री परिषदको निर्णयले पश्चिम तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीहरूलाई मुक्त घोषणा गर्ने निर्णय गरे पनि साउन २ गते मुक्त घोषणा गरेको हो । तर सरकारले मुक्त घोषणा गरे पनि उनीहरूलाई परिचय पत्र भने वितरण गर्न सकेको थिएन ।

केही वर्ष अगाडिसम्म तराईका ५ जिल्लास्थित थारू समुदायका बालिकाहरूलाई अर्काको घरमा बँधुवा बाल मजदूर राख्ने गरिन्थ्यो । सो प्रचलनलाई कमलरी प्रथा भनिन्थ्यो । सो क्रममा कमलरी बालिकाहरू यौन तथा श्रम शोषणको सिकार भएका थिए । सो प्रथाको अन्त्य गर्दै राज्यले कमलरी मुक्तिको घोषणा गरेको हो ।

सरकारले थुप्रै सकस पश्चात मालपोत कार्यालयबाट उक्त कमलहरीहरुलाई असार १ गतेदेखि परिचय पत्र वितरण गर्न थालेको छ । परिचयपत्र साउन १० गतेसम्म वितरण गरिने बताइएको छ ।

मुक्त घोषणा गरेको लामो समयपछि परिचय पत्र पाउन थालेपछि पूर्वकमलहीहरूमा खुशीको सीमा नै छैन । उनीहरू काखमा बच्चा च्यापेर भए पनि जिल्ला मालपोत कार्यालय धनगढीमा दिनभरी लाइनमा बसेर भए पनि परिचय पत्र लिइरहेका छन् । हाल मालपोत कार्यालयमा जिल्लाका विभिन्न स्थानबाट परिचयपत्र लिन पुगेका पूर्वकमलरीहरूको भीड रहेको छ ।

कैलालीको जानकी गाउँपालिका–९ दुर्गौलीकी मोनिका चौधरीले परिचय पत्र पाउँदा खुशी लागेको बताइन् । २ वर्ष जमिनदारको घरमा कमलरी बसेको बताउँदै उनले परिचय पत्रले आफ्नो पहिचान खुल्ने र राज्यको सेवा सुविधा हाँसिल गर्नमा सहज हुने भन्दै खुशी व्यक्त गरिन् ।

काखमा बच्चा च्यापेर मालपोत कार्यालय पुगेकी दुर्गौलीकै दिपु चौधरीले पनि परिचयपत्रले आफ्नो मात्रै नभई सन्तानको भविष्य निर्माण सहयोग गर्ने बताइन् । ढिलै भए पनि सरकारले परिचय वितरण गरेकोमा उनी पनि खुशी व्यक्त गरिन् ।

जिल्ला मालपोत कार्यालय धनगढीका कमैया र कमलरी फाँटका प्रमुख अमर चौधरीले असार १ गतेदेखि परिचय पत्र वितरण गर्न थालेको बताए । लगत संकलनमा परेका दैनिक सयौं पूर्वकमलरी परिचयपत्र वितरण गरिरहेको उनले जानकारी दिए । कैलालीमा मात्रै २ हजार ७६७ जना पूर्वकमलरीहरू रहेका छन् ।

असार १ गतेदेखि नै कैलालीसहित तराईका कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लास्थित मालपोत कार्यालयहरूबाट परिचय पत्र वितरण भैरहेको जनाइएको छ । मुक्त कमलरी विकास मञ्च कैलालीकी अध्यक्ष विष्णा चौधरीले ५ जिल्लाका १२ हजार ७ सय मुक्त कमलरीलाई परिचय पत्र वितरण भैरहेको जनाइन् ।

परिचय पत्रको आधारमा पूर्वकमलरी भएको पहिचान खुल्ने भएकोले परिचयपत्रको आधारमा पनि उनीहरू हरेक सेवा सुविधामा अग्रअधिकार पाउने जनाइएको छ ।

अध्ययन छात्रबृति, सरकारी सेवा सुविधामा प्राथमिकता, क्षमता अभिवृद्धि र सशक्तिकरणको कार्यक्रमलगायतमा कमलरी परिचयपत्रको आधारमा प्राथमिकतामा राखेर सहभागिता गराइने भएकोले परिचय पत्र महत्वपूर्ण रहेको कमैया फाँटका प्रमुख चौधरीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: