उपचार नपाएका बालक भन्छन्,‘बाँच्नै मन छैन’


प्रकाशित मिति :2019-06-28 15:20:51

प्रकाश सिंह/महिला खबर

बाजुरा । उनको नाम हो गोविन्द सार्की । घर त के भन्नु, ओत लाग्ने सानो टहरो छ– बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टीमा । उमेर १५ वर्ष भो । कक्षा ६ मा पढ्छन् ।

गोविन्द हलियाका छोरा हुन् । उनका बुबाले साहु महाजनको हलो नजोते चुलोमा आगो बल्दैन । अभावका बाबजुद जेनतेन परिवार पालिरहेका गोविन्दका बुबाले छोराको उपचार गर्न सकेका छैनन् । जसका कारण गोविन्दका दुबै खुट्टा पाकिरहन्छन् । १० वर्ष भनदा अघिदेखि पाकिरहने घाउको उपचार गर्न नसक्दा उनी कष्टपूर्ण जीवन बाँचिरहेका छन् ।

हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा विद्यालय र कक्षाकै साथीहरुबाट गोविन्द घृणा सहन बाध्य भएको दुखेसो पोख्छन् । कक्षामा साथीहरु कोही पनि आफ्नो नजिकैसमेत बस्न नचाहने भन्दै साथीहरुकै अपमान र हेलोहोचो सहनु पर्दा आत्म हत्याको सोच आउने गरेको उनले बताए ।

‘गाउँमा, स्कुलमा मलाई देख्यो कि सबैले थुक्छन् । अनि बाँचेर पनि के गर्नु जस्तो लाग्छ । घाउको पीडा र साथीहरुको हेलाले बाँच्नै मन छैन’ उनले आफ्नो बेदना सुनाए ।

यतिबेला गोविन्द र उनको परिवारले उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ ।

सिटामोल किन्नेसमेत पैंसा नभएको यो परिवारलाई सहयोग गर्न चाहानेले फोन नम्बर 9848513134, 9865617714, 9749004581 मा सम्पर्क गर्न सक्नुहुने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: