–महिला खबर–
ललितपुर । पत्रकार महिलाहरूको हक अधिकारका लागि क्रियाशील संस्था संचारिका समूहले मूलधारका संचार माध्यममा कार्यरत सम्पादकसँग छलफल गरेको छ ।
स्वीस सरकार र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को सहयोगमा काभ्रेको धुलिखेलमा आज आयोजित कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत ३५ जना सम्पादक तथा पत्रकारको सहभागिता रहेको थियो ।
संचारिका समूहकी अध्यक्ष नितु पण्डितले मूलधारका संचार माध्यमको निर्णायक तहमा पत्रकार महिलाको उपस्थिति सम्बन्धमा सम्पादकहरूसँग छलफल गरिएको बताइन् ।
कार्यक्रममा हिमालका सम्पादक किरण नेपालले ‘नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता’ र नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतले ‘नेपाली संचार माध्यममा महिलाका मुद्दा’ सम्बन्धमा प्रस्तुति राखेका थिए ।
Comment Here!