छोरा पीडित आमाको लागि इन्सेकको पैरवी


प्रकाशित मिति :2019-07-01 15:23:57

हुम्ला । आफ्नै आमालाई छोराले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते न्यायका लागि सिमकोट गाउँपालिकाको कार्यालयमा पैरवी थालेको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको विषयमा इक्सेकले पैरवी थालेको हो ।

छोराले चार वर्षदेखि घरमा रहेको सम्पूर्ण धनसम्पति अर्कैलाई बेचबिखन गरी दैनिक जसो कुटपिट गर्ने गरेको र मार्ने धम्की समेत दिएकोले न्यायका लागि पहल गरिदिन आग्रह गर्दै आमाले असार १५ गते इन्सेकमा निवेदन दिएपछि इन्सेकले उनको न्यायका लागि पैरवी थालेको हो ।

आरोपित जनकले आमालाई मात्रै नभई ३२ वर्षीय दाई भक्त सुनार र २८ वर्षीया भाउजु जसमति सुनारलाई पनि कुटपिट गर्दै आएको पीडित पक्षको आरोप छ ।

पीडित भाउजुले आरोपितले घरमा खाने लाउने केही बाँकी नराखेपछि यसअघि वडा नम्बर २ स्थित वडा कार्यालयमा उजुरी गरेको बताइन् ।

वडा कार्यालयमा पटकपटक मिलापत्र गरे पनि आरोपित जनकले झन् बढी कुटपिट गर्दै आएको जनकका दाइ भक्तले बताए ।

छोराले कुटपिट गर्दा आमाको छातिको करङ् र देब्रे हातको बुढिऔँला समेत भाँचिएको भक्तको भनाई छ ।

असार १४ गते बेलुकी आरोपित एक्कासी घरमा आएर आमालाई कुटपिट गर्दै मार्ने धम्की दिएपछि तीनै जना न्यायको माग गर्दै सदरमुकाम आएका छन् ।

पीडितहरूले न्याय नपाउन्जेलसम्म इन्सेकको पहलमा पीडित आमा र भाउजुका लागि महिला तथा बालबालिका संरक्षण केन्द्रले खान बस्नको व्यवस्था गरेको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित जनकलाई कार्यालयमा झिकाएर छलफल गरी पीडित पक्षलाई न्याय दिलाउने सिमकोट गाउँपालिकास्थित न्यायिक समितिका संयोजक रावतले प्रतिबद्धता व्यक्त गरे । नन्द सिंहबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: