गोरखा । गोरखा नगरपालिका–४ पीपलथोककी ३९ वर्षीया मोनिका बिकलाई जातीय विभेद गरेको आरोपमा गोरखा नगरपालिका–५ पदेलथोककी ५२ वर्षीया पम्फा श्रेष्ठविरूद्ध प्रहरीमा उजुरी परेको छ । मोनिकाले आफूमाथि जातीय विभेद भएको भन्दै श्रेष्ठ विरुद्ध हिजो असार १६ गते प्रहरीमा उजुरी दिएकी हुन् ।
गोरखा नगरपालिका ५ पिपलथोकको माने पानी धारामा असार १६ गते पानी खान गएकी मोनिकालाई पानी छोएको भन्दै श्रेष्ठले कुटपिट गरेको प्रत्यक्षदर्शी दिपक सुनारले बताए ।
सुनारका अनुसार श्रेष्ठले कपाल समातेर कुटपिट गर्दा बिकको गर्दनमा चोट लागेकोले गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
काँक्रा बेचेर फर्कँदै गरेकी बिकले धारामा भरिएको गाग्री झिकेर पानी खान लाग्दा भनाभन भएपछि विवाद बढेको थियो ।
आरोपित श्रेष्ठले भने सामान्य विषयमा भनाभन हुँदा बिकले तथानाम गाली गरेपछि घटना भएको बताएकी छिन् ।
घटनाका बारेमा आरोपितलाई प्रहरीमा झिकाएर अनुसन्धान गरिने, जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
Comment Here!