बोक्सी भन्दै आफ्नै ठूलीआमालाई कुट्ने असईलाई कार्वाही भएन


प्रकाशित मिति :2019-07-02 15:32:36

–महिला खबर–

सप्तरी । बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले कार्वाही नगरेको पीडितले गुनासो गरेका छन् । बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने व्यक्ति स्वयम् प्रहरी भएका कारण प्रहरीले कार्वाही नगरेको पीडितको आरोप छ ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–९ पत्थरगाढाकी ५३ वर्षीया जसोधियादेवी यादवलाई बोक्सीको आरोपमा कुटपिट गर्ने उनकै भतिजा सोही ठाउँका ३५ वर्षीय कमलदेव यादव र निजकी पत्नी २५ वर्षीया सीतादेवी यादवमाथि प्रहरीले कारवाही नगरेको पीडितले गुनासो गरे ।

हिजो सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै बोक्सी आरोपमा कुटिएकी जसोधियादेवीले आरोपित कमलदेव ट्राफिक प्रहरी कार्यालय काठमाडौँमा कार्यरत असई भएकै कारण प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको आरोप लगाइन् ।

घटनालगत्तै डाकनेश्वरी नगरपालिका वडा नम्बर ९ पत्थरगाढास्थित प्रहरी सुरक्षा बेस क्याम्प र राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दिए पनि प्रहरीले उजुरी नलिएको आरोप पीडितको छ ।

जसोधियादेवीले आफूमाथि पटक–पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने भतिजा र उनकी श्रीमतीले पछिल्लो पटक असार ५ गते घर पछाडि खेतमा काम गरिरहेका बेला र असार ७ गते वरण्डामा घाँस काटिरहेका बेला कुटपिट र अमानवीय व्यवहार गरेको बताइन् ।

आफूलाई कुटपिट भएपछि जोगाउन गएकी छोरी सरस्वतीदेवी यादवलाई पनि आरोपितले निर्घात कुटपिट गरि गम्भीर घाइते बनाएपछि स्थानीय अस्पतालदेखि विराटनगरसम्म उपचार गराउनु परेको जसोधियादेवीले बताइन् ।

आरोपितकी सात वर्षीया एक छोरी छिन् । आफूले बोक्सी लगाएकोले कमलदेवकी श्रीमती सीतादेवी यादव पाँच वर्षदेखि गर्भवती नभएको र गर्भ रहे पनि अरूको कोखमा सारी दिने गरेको आरोप लगाउँदै आरोपितले आफूमाथि कुटपिट गर्ने गरेको जसोधियादेवीले बताइन् ।

आफूमाथि छोरा नभएको दोष र छोरी बिरामी पारेको दोष लगाउँदै आरोपितहरूले असार ७ गते कपाल समाती आँगनमा लडाई लात्ता र मुक्काले हानेको र दिशा पिसाब खुवाउन खोज्दा छोरीले रोकेपछि उनलाई समेत निर्घात कुटपिट गरिएको पीडितले बताइन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले जसोधियादेवीलाई कुटपिट मुद्दाको निवेदन लिएर आउन भनेकोमा बोक्सीको आरोपमा कुटपिट गरेको भनी उजुरी परेकोले अनुसन्धान भइरहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: