ललितपुर । सरकारले सुत्केरी र नवजात शिशुको ज्यान बचाउने उद्देश्यले सुरू गरेको एयर एम्बुलेन्स सेवाले बागलुङका एक शिशुको ज्यान जोगिएको छ ।
शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि सरकारले थप उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगेको हो । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उनको नवजात छोरालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
सुत्केरी व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी विकलाई मंगलबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो ।
शल्यक्रियापश्चात जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेका थिए । त्यसपछि गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो । उद्धार गरिएका शिशुको पोखरास्थित गण्डकी अस्पतालको अतिसघन कक्षमा उपचार भैरहेको छ ।
Comment Here!