महिला विश्वकपः अमेरिका फाइनल प्रवेश


प्रकाशित मिति :2019-07-03 13:06:56

ललितपुर । डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलमा अमेरिकाले इंग्ल्याण्डलाई २–१ ले पराजित गरेको हो ।

अमेरिकाको जितमा क्रिष्टिन प्रेस र एलेक्स मोर्गनले गोल गरिन् । इंग्ल्याण्डका लागि एलन ह्वाइटले गोल गरिन् । दुवै तर्फको गरी तीनै गोल पहिलो हाफमा भएको हो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन ।

८६ औँ मिनेटमा मिली ब्राइट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा अमेरिकाकी ह्वाइटले गोल गरेकी थिइन् । तर भिएआरबाट हेर्दा अफसाइड रहेको देखियो ।

त्यसपछिको अर्को भिएआरमा इंग्ल्याण्डले पेनाल्टी पायो तर त्यसमा स्टेफ होग्टनले गोल गर्न सकिनन् ।

दोस्रो सेमिफाइनलमा बुधबार राति स्वीडेन र नेदरल्याण्डसबीच खेल हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: