सशस्त्र द्वन्द्व पीडितको फोटो प्रदर्शनी


प्रकाशित मिति :2019-07-04 13:35:42

–महिला खबर–

ललितपुर । नेपाल कला परिषद काठमाडौंमा आजदेखि न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरुको फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ ।

यही असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा १० वर्षे सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने खालका फोटोहरु राखिएको छ ।

महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) ले आयोजना गरेको फोटो प्रदर्शनीको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लगायत द्वन्द्व पीडितले संयुक्त उद्घाटन गरेका थिए ।

उद्घाटनमा द्वन्द्वका बेला महिलामाथि भएका यौन हिंसा सम्बन्धमा नाटक प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘द्वन्द्वका नमेटिएका घाउ’ नामक पुस्तक विमोचन गरेका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: