पाँचथर । पाँचथर जिल्ला अदालतले बलात्कारको कसुरमा २८ वर्षका देवि भन्ने देवेन्द्र सिवालाई ४ वर्ष ३ महिना कैदको फैसला गरेको छ । फाल्गुनन्द गाउँपालिका–२ इम्वु का सिवाले ०७५ कार्तिक १६ गते बलात्कार गरेको भनि पीडित पक्षले कार्तिक १८ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएको थियो ।
जिल्ला न्यायधीश मनोज केसीकोे असार १८ गतेको इजलासले बलात्कार आरोपी सिवालाई ४९ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै सो फैसला गरेको हो । फैसलामा कसुरदारबाट पीडितले पाउने गरी ३० हजार रुपियाँ क्षतिपूर्ति भराउन समेत आदेश भएको छ ।
आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानूनी कारवाही अघि बढाएको थियो । अदालतको ०७५ मंसिर १७ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
Comment Here!