ललितपुर । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलालाई कुखुरा र घीउ उपहार दिने कार्यक्रम कार्यान्वयन गरेको छ ।
सुत्केरी महिला र शिशुको स्वास्थ्यका लागि गाउँपालिकाले ‘अध्यक्ष कोशेली कार्यक्रम’ सुरु गरेको हो । गाउँपालिकाभित्रका सबै वडामा लागु हुने गरि गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रम अन्तर्गत सुत्केरीको घरमा पुगेर २ हजारको घीउ र कुखुराको भाले दिने कार्यविधि रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
अध्यक्ष पौडेलका अनुसार सुत्केरी हुँदा महिलाहरुले पौष्टिक आहारा नपाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याईएको हो ।
यस्तै गाउँपालिकाले जिरो होम डेलीभरि कार्यक्रम पनि सुरु गरेको छ । स्वास्थ्य संस्थामा मात्रै प्रसूति सेवा लिने गरि सबै पूर्वाधार तयार पारिएको र अवदेखि घरमा हुने सुत्केरी संख्या शून्यमा झार्ने लक्ष्य लिईएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए ।
गाउँपालिकामा जनप्रतिनिधी आउनुपूर्ब लुंखु प्राथमिक स्वास्थ्यकेन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर रहेका थिए । जनप्रतिनिधी आएपछि थप ४ वटा वडामा गाउँपालिकाले नै बर्थिङ्ग सेन्टर स्थापना गरेको छ ।
Comment Here!