६ महिनामा मानव अधिकार उलङ्घनका २५ घटना


प्रकाशित मिति :2019-07-07 12:02:07

–महिला खबर–

पाँचथर । पाँचथरमा पछिल्लो छ महिनामा २५ वटा मानवअधिकार उलङ्घनका घटना भएका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले बिहीबार सार्वजनिक गरेको गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को अर्धवार्षिक समिक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेक पाँचथरका प्रतिनिधि मंगल वेघाले प्रस्तुत गरेको तथ्याङ्कमा २५ वटा घटनामा ४१ जना पीडित भएका छन् ।

जस अन्तर्गत राज्य पक्षबाट २ महिला र ६ पुरुष गरि ८ जना पीडित बनेका छन् भने गैर राज्यपक्षबाट ३१ महिला र दुई पुरुष गरि ३३ जना पीडित बनेका छन् ।

जिल्लामा नागरिक तथा राजनीतिक अधिकार, वाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार उलङ्घनका घटना भएको बताइएको छ ।

कार्यक्रममा सहभागि सरोकारवालाहरुले मानवअधिकार उलंघनका घटना न्यूनिकरणका लागि समुदायमा जनचेतना र सशक्तिकरणका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: