सुरक्षित यात्राका लागि महिलालाई ड्राइभिङ तालिम


प्रकाशित मिति :2019-07-07 12:49:53

–महिला खबर–

कैलाली । धनगढी उप–महानगरपालिकाले सुरक्षित यात्राका साथै महिलालाई आत्मनिर्भर बनाउन निशुल्क ड्राइभिङ तालिम दिएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार तालिममा बिपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई सहभागिता गराईएको थियो । एक महिनासम्म संचालन गरिएको निःशुल्क ड्राइभिङ तालिम बुधवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको पनि प्रमुख वडले जानकारी दिए ।

तालिम लिएकाहरु सवारी चलाउन सक्ने भएका छन् । तालिममा ३० जना महिलाहरु सहभागि भएका थिए ।

महिलाले पनि पुरुषसरह सवारी चालक भएर काम गर्न सकछन् भन्ने साहस दिलाउन सो तालिमको आयोजना गरेको नगर प्रमुख वडले बताए ।

उनले बेरोजगार महिलाहरुलाई सवारी चालकमा सक्रिय बनाई संख्यात्मक रुपमा बृद्धि गर्ने उद्दश्य रहेको बताए । महिलाहरु ईमान्दार र मदिराजन्य चिजको सेवन नगर्ने भएकाले उनीहरुले चलाएको सवारी सुरक्षित पनि हुने विश्वास व्यक्त गरे ।

वडा नं. ८ का अध्यक्ष नारायण प्रशाद बरालले आगामी आर्थिक बर्षमा पनि महिलाहरुलाई आत्मनिर्भर बनाउने किसिमका तालिम संचालन गरिने बताए ।

धनगढी उप–महानगरपालिकाको सहयोगमा शिवशक्ती ड्राईभिङ सेन्टरले तालिम सञ्चालन गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: