बालिका बलात्कार गरेको ठहर गर्दै १६ वर्ष कैद


प्रकाशित मिति :2019-07-11 14:48:55

–महिला खबर–

नवलपुर । छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोम बहादुर तामाङ्गलाई १६ वर्ष कैद सजाय तोकिएको छ । बलात्कार आरोपमा पक्राउ परेका कावासोती ३ का मोक्तान काईला भन्ने सोम बहादुरलाई बुधबार जिल्ला अदालत नवलपुरका न्यायाधीश विष्णु प्रसाद उपाध्यायको ईजलासले १६ वर्ष कैद सजाय तोकेको हो ।

यस्तै बालिकालाई ७५ हजार क्षतीपुर्ती भराउने गरेर फैसला गरेको जिल्ला अदालत नवलपुरका सूचना अधिकृत दुर्गा वहादुर कार्कीले जानकारी दिए ।

बालिकालाई मोक्तानले गत असोज २७ गते बलात्कार गरेका थिए । पीडित बालिकाका अभिभावकले सोही दिन नै जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व)मा उजुरी गरेका थिए । पीडित पक्षको उजुरीपछि फरार रहेका तामाङलाई प्रहरीले मङ्सिर १ गते पक्राउ गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: