गर्भवतीलाई पोषण सामग्री वितरण


प्रकाशित मिति :2019-07-11 15:07:06

दुर्गा देवकोटा

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणाका लागि गर्भवतीलाई पोषण खाद्य सामग्री वितरण गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा रहेका सुत्केरीलाई एक क्यारेट अण्डा, एक किलो भटमास र फलफूल वितरण गरेको हो ।

नगरपालिकाले १ नं. वडाका सय जना, र अन्य वडाका ३ सय गरी ४ सय जना गर्भवतीलाई पोषण तथा आहार वितरण गरेको हो ।

गर्भवतीलाई अण्डा वितरण गर्दै नगरपालिकाका उपप्रमुख केशरी विष्टले गर्भावस्थामा बच्चा र आमा कसरी स्वस्थ रहने भन्नेबारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताइन् । ‘‘गर्भवती अवस्थामा आमा र शिशुको स्वास्थ्यमा बिशेष ख्याल गरिनुपर्छ’ उनले भनिन्, ‘आमाका लागि शान्त, सहज वातावरण पनि चाहिन्छ ।’’

उपप्रमुख बिष्टले यस वर्ष पोषण सामग्री वितरण गरेको र अर्को वर्ष ‘आमासंग उपमेयर’ कार्यक्रम संचालन गरिने जानकारी दिइन् ।

स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले पोषण सामग्री वितरणसंगै गर्भवतीलाई गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु, गर्भजाँच, लगाउनुपर्ने खोप, नियमित खानुपर्ने आइरन चक्की जस्ता ज्ञान समेत दिइएको बताए ।

उनले घरमा सुत्केरी हुने दर शून्य गर्न पनि यो अभियान चलाइएको बताए । ‘हामीले गर्भवतीलाई अस्पतालसम्म पु¥याउने वातावरण बनाएका छौं’ संयोजक रावलले भने, ‘नगरपालिकाका सुत्केरीले अस्पतालसम्म एम्बुलेन्समा चढेको रकम तिर्नु पर्दैन । निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेका छौं ।’ नगरपालिकाले सुत्केरीका लागि आवश्यक रगत समेत निःशुल्क पाइने व्यवस्था मिलाएको रावलले बताए ।

गर्भवती रश्मीला शाहले पोषण संगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुराबारे सचेत भएको बताइन् । ‘हामीले खाना खाने तरिका नै गलत रहेछ’ शाहले भनिन्, ‘हामी त सुत्केरी भएपछि मात्रै टन्न खादा हुन्छ भन्ने सोच्थ्यौं, गर्भावस्थादेखि नै ख्याल गर्नु पर्ने रहेछ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: