पाठेघर प्रत्यारोपण गरि शिशु जन्माइयो


प्रकाशित मिति :2019-07-12 11:12:36

अमेरिकामा पहिलोपल्ट एक महिलाले मृतकको पाठेघर आफूमा प्रत्यारोपण गराएर स्वस्थ बच्चा जन्माएकी छन् । अमेरिकी चिकित्सकले गर्भाशयको अभावमा बच्चा जन्माउन नसकेका महिलाका लागि यो खुसीको खबर हुने बताएका छन् ।

गत जुनमा एक ३० वर्षीया युवतीले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । डा. टोम्मासो फाल्कोनीले ती युवतीमा मृतक दाताको पाठेघर प्रत्यारोपण गरिएको बताए ।

डा. फाल्कोनीले ती महिलाले बच्चा जन्माएपछि प्रत्यारोपण गरिएको पाठघर उनको शरीरबाट हटाएको जानकारी दिए ।

‘कुनै मृत महिलाले आफ्नो पाठेघर दिएर कसैमा प्रत्यारोपण गरी बच्चाको जन्म सम्भव हुने अनुसन्धानकै क्रममा थियो,’ डा. फाल्कोनीले भने, ‘यसले राम्रो तरिकाले काम गर्नेमा त झनै शंका थियो ।’

१५ महिना लाग्यो

कुनै मृत महिलाले दिएको पाठेघरबाट बच्चा जन्माउन सफल भएको यो दोस्रोपटक हो । सन् २०१७ मा ३२ वर्षीया ब्राजिलियन महिलाले यसरी नै बच्चा जन्माएकी थिइन् ।

एक ४५ वर्षीया महिलाले उनलाई पाठेघर दिएकी थिइन् । पाठेघर दाता महिलाको स्ट्रोकका कारण मृत्यु भएको थियो । क्लेभल्यान्डमा रहेको यो क्लिनिकले १८ देखि ४० वर्षका महिलामा प्रत्यारोपणका लागि पाठेघर लिने गरेको छ ।

प्रत्यारोपणदेखि बच्चा जन्माउने समयसम्म गरी यो समग्र प्रक्रियामा १५ महिना लागेको क्लिनिकले जनाएको छ ।एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: