समाचार प्रभाबः गोविन्द र रामलालको उपचार सुरु


प्रकाशित मिति :2019-07-16 08:05:04

प्रकाश सिंह

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टिका रघु सार्कीका १५ वर्षका छोरा गोविन्द र १० वर्षका रामलाल सार्कीको काठमाडौमा उपचार सुरु भएको छ । आर्थिक अभावमा रोग पाल्दै गरेको समाचार महिला खबरमा प्रकाशित भएपछि सामाजिक अभियन्ताहरूले उनीहरूको उद्धार गरि काठमाडौमा उपचार सुरु गरेका हुन् ।

समाचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले दुवै भाइलाई काठमाडौ ल्याएर उपचार सुरु गरेको संस्थाका अध्यक्ष सम्राट सिंह बस्नेतले जानकारी दिए । संस्थाले काठमाडौमा खान, बस्न र उपचारका लागि पहल गर्ने गरि काठमाडौ ल्याएको बस्नेतले बताए ।

गोविन्दको नेपाल मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । उनको सर्जन, अर्थोपेटिक, छाला सम्बन्धि बिशेषज्ञ चिकित्सकद्वारा उपचार भइरहेको छ । लामो समयदेखिको रोग भएकाले चिकित्सले जाँच सुरु गरेको केही दिनमा रिपोर्ट आएपछि मत्रै रोग के हो भनेर पत्ता लाग्ने बस्नेतले बताए ।

संस्थाका अनुसार गोविन्दका १० वर्षका भाइ रामलालको Extrophy repair  surgery गर्नुपर्ने छ । कम्तिमा ५ पटक सर्जरी गर्नुपर्ने भएकाले रामलालको उपचारका लागि १० लाख भन्दा बढि रकम आवश्यक रहेको संस्थाका अध्यक्ष सम्राट सिंह बस्नेतले बताए ।

चिकित्सका अनुसार रामलालको चाँडै उपचार नगरे क्यान्सर हुने सम्भाबना छ । अन्य चिकित्सकसँग पनि परामर्श भइरहेको केही दिनमा के गर्ने भन्ने निष्कर्षमा आउने उनले बताए । उपचारका लागि १० लाख आवश्यक परेमा संस्थाले मात्रै व्यवहोर्न नसक्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बस्नेतले बताए ।

यो पनि हेुर्नहोस्

उपचार नपाएका बालक भन्छन्,‘बाँच्नै मन छैन’

बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीले रामलाल र गोविन्दको उपचारका लागि विभिन्न निकायसँग पहल भइरहेको बताईन् ।

गोविन्दका दुवै खुट्टामा संक्रमणले पिप जमेको छ भने रामलाल जन्मजात रोगको शिकार बन्दै आएका छन् ।

उनीहरूका बुवा रघु सार्की अरुको हलो जोतेर परिवार पालिरहेका छन् । रघुले भने ‘साहु महाजनको हलो नजोते चुलोमा आगो बल्दैन । अभावका बाबजुद जेनतेन परिवार पालिरहेका छु’ उनले छाराहरुको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरे । उनले थपे, ‘दैव दाहिने भए छोराहरूको उपचार होला ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: