कमैया मुक्तिका १९ वर्ष


प्रकाशित मिति :2019-07-18 11:26:18

–महिला खबर–

ललितपुर । सरकारले कमैयालाई दास प्रथाबाट मुक्त गरेको आज ठिक १९ वर्ष पुरा भएको छ । सोही दिनको सम्झनामा पश्चिम तराईका पाँच जिल्ला कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङका मुक्त कमैयाहरु विभिन्न कार्यक्रम गरि मुक्ति दिवस मनाउँदै छन् ।

 तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । घोषणा पश्चात मुक्त कमैयालाई पुनस्र्थापना गर्ने सम्झौता समेत भएको थियो ।

 तर सरकारले मुक्त घोषणा गरेको १९ वर्षसम्म पनि मुक्त कमैया पुनस्र्थापनाको काम सम्पन्न भएको छैन । यद्यपि सरकारको तथ्यांकमा थोरै मात्र मुक्त कमैयालाई पुनस्र्थापना गर्न बाँकी देखाउँछ ।

उता कमैयाहरुको समस्या भने जस्ताको त्यस्तै छ । मुक्त कमैया शिविरमा खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीको ठूलो समस्या रहेको मुक्त कमैयाको क्षेत्रमा काम गर्दै आईरहेको संस्था कमैया प्रथा उन्मूलन समाज कैलालीकी अध्यक्ष बसन्ती चौधरी बताउछिन् ।

बसन्तीका अनुसार सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गर्दा कैलाली जिल्लामा ८ हजार ९ सय १० जनालाई परिचय पत्र दिएर पुनस्र्थापना गर्ने भनि सरकारले सम्झौता गरेको थियो । तर हालसम्म ८ हजार ३ सय ७३ जनाले मात्रै जग्गा प्राप्त गरि पुनस्र्थापना भएको उनले बताइन् ।

कैलाली जिल्लामा अझै पनि ३ सय ५४ जनालाई जग्गा दिएर पुनस्र्थापना गर्नुपर्ने छ । भूमि सुधार कार्यालयका अनुसार सट्टा भर्ना गर्नुपर्ने जम्मा कमैयाको संख्या ४ सय ४० जना र १ सय ७३ जनाको लागत कट्ट भएको तथ्यांक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: