विवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2019-07-18 11:35:01

–महिला खबर–

कैलाली । विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाका २५ वर्षीय प्रवेश रानालाई प्रहरीले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

धनगढीकी एक १६ वर्षीया बालिकालाई विवाह गर्छु भन्दै असार २९ गते ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिकामा बालिकालाई जबरजस्ती करणी गरि युवतीसंग भएको नगद तथा जिन्सी सामानसमेत लगेर भागेको भन्ने खबर आएपछि प्रहरी परिचालन गरेर पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनलाई गोदावरी नगरपालिकाबाटै पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धानका लागि बुधबार अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: