महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता


प्रकाशित मिति :2019-07-18 12:37:38

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ । आव २०७५/७६ मा प्रोत्साहनस्वरुप यातायात खर्चका लागि मासिक रु एक हजार ५०० उपलब्ध गराउँदै आएकामा गाउँपालिकाले आव २०७६/७७ देखि भने रु ५०० वृद्धि गरेर मासिक रु दुई हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई झोला, छाता र टर्चलाइट पनि उपलब्ध गराएको छ । महिला स्वास्थ्य स्वंयसेविका रातदिन घामपानी नभनी जनताको सेवामा खटिरहनुपर्ने भएकाले काम गर्न सहज होस् भनेर यी सामग्री उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताइन् ।

सात वटा वडा रहेको यस गाउँपालिकाभित्र ३६ महिला स्वास्थ्य स्वयंसेविका रहेको गाउँपालिका स्वास्थ्य संयोजक धनकुमार खड्काले जानकारी दिए । नेपालमा बाल मृत्यु र मातृ मृत्युदर रोक्न, प्रजनन स्वास्थ्यका बारेमा गाउँगाउँमा महिला स्वास्थ्य स्वयंसेविकाले जनचेतना दिँदै आएका छन् ।

यसैबीच गाउँपालिकाको वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक धनकुमार खड्काले सरकारले तोकेको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा गरिएको जानकारी दिए । उनका अनुसार पूर्ण संस्थागत वडा घोषणा गर्न स्वास्थ्य संस्थामा ९५ प्रतिशतले सुत्केरी गराएको हुनुपर्नेछ ।

आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये छ जनाले मात्र घरमै सुत्केरी गराएको र यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत भएको संयोजक खड्काले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: