दुई छोरी मात्र जन्माउने आमाबाबुलाई सम्मान


प्रकाशित मिति :2019-07-21 14:48:30

-एसबी जेरो-

ओखलढुंगा । ओखलढुंगाका दुई छोरी मात्र जन्माएका दम्पतीलाई सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगर भित्रका दुई छोरी मात्र जन्माएर बन्ध्याकरण गरेका दम्पतीलाई सम्मान गरेको हो । नगरपालिका भित्रका सम्पुर्ण १२ वटा वडाका ३० जोडी दम्पतीलाई सम्मान गरिएको हो ।

हरेक दम्पतीलाई ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताए । समाजमा रहेको छोरा र छोरीबीचको भेदभावलाई चिर्दै दुई सन्तान ईश्वरको बरदान भन्ने अभिप्रायका साथ दुईजना छोरीमात्र जन्मिएर परिवार स्थायी बन्ध्याकरण गरेका जोडीलाई सम्मान गरिएको मेयर श्रेष्ठको भनाइ छ ।

सिद्धिचरण नगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममानै दुई छोरीमात्र जन्माएर स्थायी रुपमै बन्ध्याकरण गरेका दम्पतीलाई प्रोत्साहान स्वरुप सम्मान गर्ने निति अघि सारेको थियो ।

सोही नीति अनुसार नगरपालिकाले ३० जोडी दम्पत्तिलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ । दुई छोरी मात्र भएका वडा नम्बर ९ ज्यामिरेका वडा अध्यक्ष दानबहादुर बानियाँ पनि सम्मानित भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: