सरिता अर्यालको ‘मेरो अपहरण’ लोकार्पण


प्रकाशित मिति :2019-07-28 15:21:10

-महिला खबर-

ललितपुर । सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ शुक्रबार सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा भएको सो कार्यक्रमको सभापतित्व आयोजक संस्था गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठकले गर्नु भएको थियो । विमोचन कुलपति गंगा प्रसाद उप्रेती, प्राज्ञ माया ठकुरी, गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, नियात्रा बिधाका शिखरपुरुष तारानाथ शर्मा, प्रा.डा. निर्मोही ब्यास, वरिष्ठ नियात्राकार प्रतिक ढकाल , वरिष्ठ साहित्यकार हरिमाया भेटवाल, कर्णाली प्रदेश सभासद कुर्मराज शाही र लेखिका सरिता अर्याल द्धारा संयुक्त रुपमा गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्यमा प्रमुख अथिती गंगाप्रसाद उप्रेतीले मेरो अपहरण एउटा ऐतिहासिक कृती भएको उल्लेख गर्नु भयो । यस कृतीले विगतका द्धन्द, त्यसमा भएका प्रमुख घटनाहरु र कमजोरीहरु मेरो अपहरणले प्रष्ट देखाइदिएको बताउनु भयो ।

लेखकसँगै माओवादी अपहरणमा परेका सभासद कुर्मराज शाहीले स्वागत मन्तव्यमा कालीकोटको भौगोलिक अबस्था बारे प्रकाश पार्दै अपहरणको बेलाको आफ्नो मनस्थीती कस्तो भएको थियो प्रष्टाउनु भएको थियो । ढुंगाको जिल्लाको कृती आउनु जसको पात्र आफूपनि भएकोमा शाहीले भावविभोर हुदै लेखकलाई धन्यवाद पनि दिनु भएको थियो ।

नियात्रा बिधाका सुत्रधार तारानाथ शर्माले शुभकामना मन्तव्यमा नियात्रा भन्ने विधा कसरि जन्मीयो भन्ने जानकारी गराउनु भएको थियो । अर्का वक्ता नेपालका नियात्रा विधामा विद्यावारधी गर्ने एक मात्र व्यक्ति प्रा.डा. निर्मोही व्यासले मेरो अपहरण रिपोर्ताज शैलीमा लेखिएको अप्रतिम कृती हो भन्नु भयो । माओवादी र सरकार पक्षदुबैका कुरा सुनेर तथस्ठ भएर जनयुद्धका विषयमा लेखिएको यो नै प्रथम कृती हो भन्नेमा उहाको ठोकुवा नै थियो ।

मेरो अपहरण माथी टिप्पणी गर्दै वक्ता प्रतिक ढकालले पिडाले मान्छेलाई लेख्न बाध्य बनााउछ भन्दै, म मारिदै छु भन्ने ठाउँबाट फर्केर आउँदा कस्तो अनुभूत हुन्छ त्यही अनुभवको दसी हो मेरो अपहरण भन्नु भयो । पाँच दिनको अपहरण पेरिफेरीमा यो पुस्तक लेखिएकोछ जुन सिनेमा हेरे जस्तो लाग्दछ । डर भित्र पनि एक किसीमको सुन्दरता हुने रहेछ , उत्सुकता हुने रहेछ त्यसैको चर्चा गर्न सफल भएकी छन् लेखक भन्नु भयो टिप्पणीकार ढकालले ।

अर्की टिप्पणीकार हरिमाया भेटवालले घर बाट बाहिर निस्कन नसकिने समयमा परिवारबाट बाहिर निस्कीएर कर्णाली त्यो पनि राज्यपक्ष पुग्नै नसकेको ठाँउमा पुग्छु भनेर पाइला बढाउने लेखक बहादुर नारी हुन । आफू अपहरणमा परेता पनि अरु दुइजनासहयात्रीको नेतृत्व लिदै पाठकलाई संगसंगै घुमाउँन सफल भएकी छन् लेखिका । यस पुस्तकले द्वन्द्वरत सरकार र माओवादी पक्षद्धारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनलाई जस्ताकोतस्तै पस्केकाले युद्धभित्रको प्रताडना बुझ्न पुस्तक उपयोगी देखिन्छ भन्न पनि पछि पर्नु भएको छैन साहित्यकार हरिमाया भेटवाल ।

शुभकामना मन्तव्य दिदै अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले माओवादी द्धन्दको समयमा नेपालीले भोगेका अनुभव र अनुभुती मेरो अपहरणमा छ । एउटा नियात्राकारमा पाठकलाई आफूसँगै लैजाने क्षमता हुनु पर्छ त्यो क्षमता सरितामा भएको जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा रचना गर्भको बारेमा जानकारी दिदै सरिता अर्यालले आफू त्यो समय र आजको समयको साक्षी भएकोले किताब प्रकाशित गर्नु परेको बताएकी थीइन् । मेरो अपहरण नियात्रासंग्रह नै सम्पुर्ण कालिकोट बासीको नाममा समर्पण गदै हिजो कालिकोट बासीका बिचमा बाँडिएको अनगिन्ती सपना आज सम्म पनि बिपनामा परिणत हुन सकेको छैन । त्यहाका मानिसका अखण्ड दुख्खहरु खण्डित हुन पर्दथ्यो तर खै रु दुबै पक्षका कुरा सुनेकी लेखकसित युद्धका हिमायतीहरुलाई सोध्ने धेरै प्रश्न भएकोले ‘मेरो अपहरण’ लाई सार्वजनिक गर्नु परेको जानकारी गराउनु भएको थियो । कार्यक्रमको सन्चालन गीता रेग्मीले गर्नु भएको थियो । यो कृति बिएन पुस्तक संसारले बजारमा ल्याएको हो । किताबको मुल्य ३५० रुपैयाँ तोकिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: