वैवाहिक एनिभर्सरीमा श्रीमतीलाई मृगौला उपहार


प्रकाशित मिति :2019-07-31 12:40:21

एजेन्सी । श्रीमानले श्रीमतीलाई विवाह एनिभर्सरीमा सामान्यतया लुगा, गरगहना इत्यादी उपहार दिने गर्दछन् । कसैले महंगा महंगा सामानहरु पनि दिन्छन् । तर अमेरिकामा एक श्रीमानले भने आफ्नो श्रीमतीलाई अंग नै उपहार दिएका छन् ।

आफ्नो २३ औं एनिभर्सरीमा आफ्नो अंग नै उपहार दिएका हुन् । ति श्रीमानले मेमोरियल रिजनल हस्पिटलमा उपचार गराईरहेकी श्रीमतीलाई मृगौला नै उपहार दिएका हुन् ।४० वर्षिया मोनिका र ५२ वर्षीय सेजरले २३ वर्ष अगाडी विवाह गरेका थिए। मोनिकालाई केही वर्षदेखि मृगौलामा समस्या देखिएको थियो । जसले गर्दा विगत दुई वर्षदेखि उनको डायलासिस चलिरहेको थियो।

पछिल्लो समयमा डाक्टरहरुले उनलाई मृगौला फेर्न पाएमा स्वस्थ हुने बताइरहेका थिए । त्यसैले पेशाले कम्प्युटर नेटवर्क टेक्निसियन उनका श्रीमानले मृगौला उपहार दिएका हुन् । आफुलाई नयाँ जीवन दिएको मोनिका श्रीमानप्रति निकै नै आभारी छिन् ।उनी भन्छिन्, मृगौला सम्बन्धी रोग मेरो वंशाणुगत रोग हो। मेरा श्रीमानले म बिरामी हुँदा मेरो उचित हेरचाह गर्ने र जीवनको लागि हौसला दिने त गरे नै, अहिले हाम्रो एनिभर्सरीको मौका पारेर आफ्नो मृगौला समेत उपहार दिए । म भाग्यमानी हूँ की, मैले उनीजस्तो श्रीमान पाएँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: