कांग्रेसका युवा नेताले दिए बाढी पहिरो प्रभावित महिला र छात्रालाई प्याड


प्रकाशित मिति :2019-07-31 14:08:38

-महिला खबर-

ललितपुर । बाढी तथा पहिरो प्रभावित क्षेत्रका महिला र छात्रालाई ‘सेनेटरी प्याड’ र बालबालिकालाई ‘डाइपर प्याड’ हस्तान्तरण गरिएको छ । लाइन्स क्लबको आयोजनामा मंगलबार रिपोटर्स क्लबमा एक कार्यक्रम गरी उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका समाजसेवी युवा नेता क्षितिज भण्डारी र अनन्त श्रेष्ठले सर्लाही र गुल्मीका बाढी तथा पहिरो प्रभावित क्षेत्रका महिला र छात्राका लागी प्रदान गरेका हुन् ।

कार्यक्रममा गुल्मीका लागि समाजसेवी तथा रिपोर्ट नेपालका निर्देशक कृष्णप्रसाद सापकोटा र समाजसेवी तथा युवा नेता मोतीलाल भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो भने सर्लाहीका लागि समाजसेवी तथा कलाकार शिवशंकर प्रसाद रिजाल (जोगिन्दर पानवाला) लाई हस्तान्तरण गरिएको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रम लाइन्स क्लब ठमेलका अध्यक्ष दिनेश शाहीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको समेत उपस्थिती रहेका थिए ।

गत साउन ६ गते गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा अविरल वर्षापछि पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो भने सयौंको संख्यामा घरबारबिहीन भएका छन् ।

त्यसैगरी सर्लाहीमा गत असार २६, २७ र २८ गतेको बाढीमा परी दुई जनाको मृत्यु हुनुका साथै २ हजार भन्दा बढी घरमा पूर्ण क्षति भएको १२ हजार ८४ जना सर्वसाधारण विस्थापित भएको तथा ५ हजार ५ सय घरमा आंशिक क्षति पुगेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: