पत्रकार महिलालाई वातावरणीय तथा वन्यजन्तु अपराधबारे तालिम


प्रकाशित मिति :2019-07-31 21:31:11

-महिला खबर-

चितवन । चितवन र नवलपरासीमा क्रियाशिल पत्रकार महिलाका लागि वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रण विषयमा तालिम दिइएको छ ।

सञ्चारिका समूह र नेचर मिडिया नेटवर्ककको संयुक्त आयोजनामा तालिम दिइएको हो । तालिममा वातावरणीय तथा वन्यजन्तुसँग सम्बन्धित अपराध र यसका प्रकृति र त्यससँग सम्बन्धित समाचारका विषयवस्तुबारे जानकारी गराइएको थियो ।

तलिममा सहभागी पत्रकार महिलाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग का पूर्व महानिर्देशक, श्याम बजिमयले वन, वन्यजन्तुसँग र वातावरणसँग सम्बन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय कानून तथा तिनको कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए । भने, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चितवन राष्ट्रिय निकुञ्ज तथा निकुञ्जसँग सम्बन्धित विषयमा पत्रकार महिलाहरुलाई जानकारी गराएका थिए ।

?

कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले वातावरण, वन्यजन्तु अपराध र यसको लैंगिक पक्षबारे जानकारी गराएकी थिइन् । भने नेचर खबर डटकमका सम्पादक अध्यक्ष पिताम्बर सिग्देलले वातावरण, वन्यजन्तु र अपराध नियन्त्रणमा सञ्चारमाध्यमको खोज, अनुसन्धान र आवश्यकताबारे जानकारी गराएका थिए ।

?

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: