भड्किलो तरिकाले तीज मनाउनेलाई कार्वाही हुने


प्रकाशित मिति :2019-08-05 10:39:05

-महिला खबर-

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले होटल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनले तीजलाई भड्किलो हुनबाट रोक्न महँगा होटल र पार्टी प्यालेसमा अग्रिम बुकिङ गरी कार्यक्रम र भोजभतेर गर्नेलाई कारबाही गर्नेगरी सूचना नै जारी गरेको छ ।

दर र तीजलाई भड्किलो नबनाउन कतिपय सामाजिक अभियान्ता तथा संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएका थिए भने थुप्रै संघसंस्था तथा व्यक्तिहरुले अनौपचारिक रुपमा भनेका थिए ।

सूचना अटेर गरे कानुनअनुसार कारबाही हुने प्रशासनको चेतावनी छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष १५ भदौमा दर खाने र १६ भदौमा तीज पर्व परेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: