बोल्न नसक्ने सासू बलात्कार गर्ने ज्वाइँ पक्राउ


प्रकाशित मिति :2019-08-08 11:48:06

-महिला खबर-

सल्यान । ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। कपुरकोट गाउँपालिका-५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाइँ नाता पर्ने युवक बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी यी महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: