किशोरी बलात्कार आरोपमा प्रहरी जवान पक्राउ


प्रकाशित मिति :2019-08-08 14:33:20

-एसबी जेरो-

ओखलढुंगा । किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाश कुमार यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन् । स्थानीय १८ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सप्तरी घर भएका प्रहरी जवान यादव पक्राउ परेका हुन् ।

मंगलबार घाँस काट्न गएकी किशोरीलाई यादवले जङ्गलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ । यादवले जवरजस्ती करणी गरिरहेका बेला किशोरीका बुवाले फेला पारेपछी घटना बाहिर आएको हो । यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा श्रावण दुई गते पनि तिनै किशोरीलाई बलात्कार गरेको खुलेको छ ।

यादवले बिवाह गरेर काठमाडौं लगेर राख्ने र घटनाका विषयमा कसैलाई भने जे पनि गर्न सक्ने भनि धम्की दिएको पीडित किशोरीले बताइन्। आरोपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान थालिएको उनको भनाइ छ ।

पीडित परिवारले यादवलाई कडा कारबाहीको माग गरेका छन् । ढेढ महिना अघि सोही चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो । घटना पछी अनुसन्धान गरी विश्वकर्मालाई विभागिय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: