-सर्मिला बुढाथोकी-
दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा शनिवार विहान गएको सुख्खा पहिरोमा परी एक महिला घाईते भएकी छन् । सात घरमा क्षति पुगेको छ ।
सुख्खा पहिरोमा परी लामाबगरकी अन्दाजी ६० वर्षकी लालीमाया तामाङ घाईते भएकी हुन् । घाईते तामाङको सदरमुकाम चरिकोटमा प्राथामीक उपचारपछी हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँको टिचिङ अस्पताल लगिएको सशस्त्र प्रहरी बल दोलखा १८ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक किरणकुमार बताए ।
पहिरोले आठ घर पूर्ण रुपमा क्षति भएको अन्य १२ घर जोखिमा रहेकोले २० घरका ६७ जनालाई नजिकको विद्यालयमा सारिएको सशस्त्र प्रहरी नायव निरीक्षक मेघराज चौलागाईले बताए ।
नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले पहिरामा क्षति भएको घरबाट लताकपडा, अन्नपात लगाएतका सामनहरु निकालिदिएको र पहिरो पीडितहरुलाई उद्धार गरी विद्यालयमा पुर्याएको सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठाएतले बताए ।
पहिरो पीडितहरुलाई विगु गाउँपालिका वडा नम्बर १ ले राहत सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
तस्विर : पहिरो पीडित राहत लिदै र पहिरो गएको ठाउँ
Comment Here!