-महिला खबर-
पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । जिल्लाको कुम्मायक गाउँपालिका –१ यासोकमा श्रीमती लैजान ससुराली आएका ज्वाईले श्रीमती र सासूलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
झापास्थित दमक नगरपालिका–२, का जिवन दर्नालले श्रीमती सिता दमाई र सासू भिमकला दमाईलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार दर्नाल केही दिन अघि श्रीमती लैजान ससुराली आएका थिए । श्रीमतीले घर जान नमानेपछि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पौडेलको भनाइ छ ।
खुकुरी प्रहारबाट भिमकलाको बायाँ हात र बायाँ गालामा चोट लागेको छ । सिताको बायाँ हातमा गम्भीर चोट लागेको पौडेलले जानकारी दिए । सिताको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाईते दुबै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा रेफर गरीएको छ ।
श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाईते बनाएर ज्वाई दर्नाल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Comment Here!