यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला


प्रकाशित मिति :2019-08-18 14:11:55

-महिला खबर-

ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको प्रमुख तोक्दा २ विभागको प्रमुखमा मात्रै महिलालाई जिम्मेवारी दिएको छ।

पार्टी सचिवालयको शुक्रबार बसेको बैठकले तोकेको जिम्मेवारी अनुसार उद्योग तथा वाणिज्य विभागको प्रमुखमा राधा ज्ञवाली र खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर तोकिएका हुन् ।

३२ विभागका उपप्रमुखहरूमा ४ जना महिला छन् । जसमध्ये खानेपानी तथा सरसफाइ विभागमा ममता गिरी, सामान्य प्रशासन विभागको उपप्रमुखमा रेखा शर्मा, स्थानीय तहको उपप्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखमा अञ्जना विसंखे रहेका छन् ।

यस्तै शुक्रबारकै बैठकले ७ वटै प्रदेश कमिटीमा सह–इन्चार्जहरू पनि तोकेको छ । प्रत्येक प्रदेशमा दुई्दुईजना गरी १४ जना सह–इन्चार्ज हुँदा गण्डकी प्रदेशमा एकजना महिला यशोदा सुवेदी (गुरुङ) परेकी छिन् ।

सरकारको नेतृत्व गरिरहेको प्रमुख वामपन्थी दल नेकपाले पार्टी र सरकारको जिम्मेवारी दिँदा पुरुषकै बर्चस्व कायम गरेको र महिलाप्रती अनुदार देखिएको आरोप लाग्ने गरेको छ । यद्यपि यो विषयमा नेकपा भित्रका पाका नेता महिलालेसमेत खुलेर विरोध गर्न सकेका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: