खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी


प्रकाशित मिति :2019-08-19 12:07:01

–महिला खबर–

पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिका–१ की २० वर्षीया सीता दमाई र उनकी आमा ५० वर्षीया भीमकला दमाईलाई खुकुरी प्रहारी गरी घाइते बनाएको आरोपमा सीताका पती दमक नगरपालिका २ का वर्ष ३३ का जीवन दर्नाल विरूद्ध उजुरी दर्ता गरीएको हो। उनी विरुद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गरिएको हो । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी फरार रहेका आरोपितको खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत इन्स्पेक्टर अनिल पौडेलले बताए ।

आपसी विवादका क्रममा पत्नी र सासूलाई जीवनले ससुराली घरैमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

सीताको बायाँ हात र भीमकलाको बायाँ हातका साथै शरीरका अन्य भागमा समेत चोट लागेको छ ।

घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: