सरकारी नारा: “विहेवारी २० वर्ष पारी” उमेर नपुग्दै आमाको जिम्मेवारी


प्रकाशित मिति :2019-08-26 15:44:27

–महिला खबर–

ललितपुर । सरकारले “विहेवारी २० वर्ष पारी” भनेको छ र त्यस अनुसार नियम कानुन पनि ल्याएको छ । उमेर पुगेर सरकारले तोकेको स्वास्थ्य चौकीमा चार पटकसम्म सुत्केरी जाँच गराउनेलाई दुईहजार रूपियाँ, एकसेट कपडा पनि दिने नीति छ । यसबाहेक विभिन्न नगरपालिका र गाउँपालिकाहरुले पनि छुट्टाछुट्टै सेवा घोषणा गरेर कार्यान्वयनमा ल्याएका छन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गमका गर्भवती र सुत्केरीलाई उनीहरूको ज्यान जोखिमा पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर उद्धार पनि गर्न थालिएको छ । तर, साना उमेरमै आमा बन्नेको सङ्ख्या अहिले पनि उत्तिकै छ । त्यसैले कम उमेरमा विवाह गर्न नहुने र बच्चा जन्माउँदा ज्यान जोखिममा पर्नेबारे जागरण फैलाउन आवश्यक छ ।

पनौती नगरपालिका– १० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्क अनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना २० वर्षभन्दा कम उमेरका किशोरी आमा बनेका छन् ।

राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्क अनुसार बाईस हजार एकसय ४७ जनाले प्रसूति सेवा लिएकोमा २६ सय ८५ जना २० वर्ष भन्दा कम उमेरका थिए ।

हेर्नुस् तस्बिरमा सुत्केरी आमा:  

शब्द/तस्बिर: कविता

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: