आधुनिक दासता बेचबिखन अन्त्य हुनुपर्ने सन्देश दिन युरोपकै अग्लो हिमाल चढिन् शर्मिला


प्रकाशित मिति :2019-08-26 16:20:28

-महिला खबर-

ललितपुर । “आधुनिक दासता बेचबिखन” अन्त्य हुनुपर्ने सन्देशसहित काभ्रेकी शर्मिला तामाङले युरोपकै अग्लो हिमाल एल्ब्रुसमा नेपालको झण्डासहित ब्यानर फहराएकी छन् । शर्मिलासहित सात जनाको टोली हिमाल आरोहणमा गएको थियो । त्यसमध्ये पाँच जना चुचुरोमा पुगेको जानकारी पर्वतारोही तामाङले दिइन ।

उनले यो भन्दा पहिला विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

तामाङले “मानव बेचबिखन विरुद्धको आवाज बनौँ, बेचबिखनको अन्त्य गरौ” नारासहितको ब्यानर शिखरमा फहराएकी थिइन् । उनी परिवर्तनको लागी सहकार्य नेपालकी सद्भावना दुत पनि हुन् ।

आफ्नो आरोहणको अनुभव सुनाउदै उनले भनिन् ‘यो हिमाल नेपालका हिमाल जस्तो सुरक्षित रहेनछ । हावा चल्ने भएकाले डर लाग्यो’ , उनले भनिन्, ‘एल्ब्रुस हिमाल टेक्निकल भने रहेनछ । हाम्रा हिमाल भने टेक्निकल छन् ।

तामाङले आगामी दिनमा बाकीँ रहेको सात महादेशको सेभेन समिट चढेर नेपालको पर्यटक प्रवर्द्धन, समानता र बेचविखनको अन्त्य गर्नको लागि आवाज उठाउने बताएकी छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: