प्रदेश एकमा बलात्कारका घटना दुई गुणा बढी


प्रकाशित मिति :2019-08-27 14:36:22

-तेजबहादुर बन-

इटहरी । अघिल्लो वर्षको तुलनामा यो वर्ष प्रदेश एकका १४ जिल्लामा बलात्कारका घटना झण्डै २ गुणाले बढेका छन् ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रतिवेदनमा २०७५ को साउन महिनादेखि २०७६ को साउनसम्ममा ५ सय ५ बलात्कार सम्बन्धि उजुरी परेको उल्लेख छ । जसमा ३ सय ९५ महिला तथा किशोरी एवं बालिका प्रत्यक्ष पीडित बनेका छन् ।

उक्त तथ्यांक अनुसार अघिल्लो आ.व २०७४/०७५ मा ३ सय २७ उजुरी परेका थिए भने १ सय ३ जना प्रत्यक्ष पीडित बनेका थिए । प्रतिवेदन अनुसार सबै भन्दा बढी बलात्कार सम्बन्धिका घटना प्रदेश एकको झापा जिल्लामा १ सय २१ वटा उजुरी परेका मध्ये ६७ जना प्रत्यक्ष पीडित बनेका छन् । केहि मुद्दाको छिनोफानो भइसकेका छन् भने केहि प्रयास र केहि बिचाराधिन अवस्थामा रहेका छन् । त्यसैगरी सुनसरीमा बलात्कार सम्बन्धि १ सय ४ उजुरी परेकोमा ५३ जना प्रत्यक्ष पीडित बनेका छन् ।

एक नं प्रदेश प्रहरी कार्यालय विराटनगगरले दिएको जानकारी अनुसार प्रदेश एकका १४ जिल्लाहरू मध्ये सुगम मानिने जिल्लाहरूमा बढी बलात्कारका घटनाहरू भएका छन् । प्रहरीको प्रतिवेदन अनुसार धनकुटामा ६, उदयपुरमा ३२, खोटाङमा १६, ओखलढुंगामा ९, सोलुखुम्बुमा १३, इलाममा २९, पाचँथरमा १४, ताप्लेजुङमा १७, तेह्रथुममा १५ र भोजपुरमा १५ वटा बलात्कारका घटनाहरू भएका छन् ।

बढ्दो सामाजिक सञ्जालको दुरूपयोग, अशिक्षाका कारण अहिले बलात्कारका घटना बढ्दै गएको प्रदेश एक प्रहरी कार्यालयका एसएसपी किशोर कुमार दाहालले बताए । उनका अनुसार यस्ता किसिमका घटनाहरूले अहिले पनि समाजमा बिकराल रूप लिँदै गएको छ । चालु आर्थिक वर्षको असारादेखी साउन मसान्तसम्म मात्रै प्रदेश एकमा एक सय बढी बलात्कारका उजुरी दर्ता भइसकेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: