छोरीलाई बंश स्विकार्ने दम्पती सम्मानित


प्रकाशित मिति :2019-09-04 11:47:50

-सत्यराज सिंह-

बझाङ । जिल्ला समन्वय समितीको समन्वयमा प्रतिनिधी सभा सदस्य आशा बिकको पहलमा जिल्लाका छोरीलाई बंशको रुपमा स्वीकार गर्ने दम्पतीहरुलाई सम्मान गरेको छ । सदरमुकाम चैनपुरमा बझाङका आठ दम्पतीलाई छोरीलाई मात्र सन्तानको रुपमा लिएको भन्दै सम्मान गरिएको हो ।

दुर्गाथली गाउँपालिकाका गिरी जप्रेल र डल्ली देबी जप्रेल, छबिसपाथीभेरा गाउँपालिकाका दमन भण्डारी र प्रमिला भण्डारी, जयपृथ्बी नगरपालिकाका कलक ओली र धौली देबी ओली, साईपाल गाउँपालिकाका बलभान बिक र खिउटी देबी बिक, मष्टा गाउँपालिकाका राम सिगें आग्री र पदमकला आग्री र जयपृथ्बी नगरपालिका ऐन बहादुर सिंह र डम्मरादेबी सिहं रहेका छन् ।

वडा अध्यक्ष समेत रहेका कलक ओलीले लगातार ३ छोरी भई सकेपछि आफूले छोरीलाई पनि छोरा जस्तै मानेर छोराको आश नगरी परिबार नियोजन गरेको बताए ।

अर्का गिरी जप्रेल, दमन भण्डारी, कुलगिरी धामी बलमान बिक, रामसिहं आग्री र ऐन बहादुर सिंहले पनि एक दुई वटा छोरी पाएपछि परिवार नियोजन गरेर छोरीलाई छोरा सरह मान्दै आएका छन् ।

बझाङको सामाजिक मुल्य मान्यता अनुरुप छोरा नभए अपुताली पर्यो भन्ने र छोरीलाई सन्तानको रुपमा स्वीकार नगर्ने र पराई घर जाने जात त होनी भनेर हेला गर्ने मान्यतालाई तोड्दै छोरीलाई छोरासरह मानेर लैगिंक बिभेदलाई हटाउन सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको प्रतिनिधी सभा सदस्य आसा बिकले बताइन् ।

उनले भनिन्, ‘छोरा नहुँदा पनि श्रृष्टी चल्दैन । तर छोरीमा नै सन्तुष्टी लिएर सन्तानको रहर पुरा हुनु महत्वपूर्ण कुरा हो । यसले छोरीहरुको पनि सम्मान बढ्छ भने लैङ्गिक बिभेद पनि बिस्तारै हट्दै जान्छ । छोरी पनि छोरा सरह नै हो भन्ने कुराको बारेमा संस्कार बसाल्न यसले महत्वपूर्ण भूमिका निर्बाह गर्दछ ।’

तीजको अवसर पारेर गरिएको यो कार्यक्रमले लैङ्गिक असमानता हटाउन पनि थप टेवा मिलेको छ ।

सम्मान कार्यक्रममा प्रतिनिधी सभा सदस्य आसा बिक, संविधान सभा सदस्य अफिलाल ओखेडा, जिल्ला समन्वय प्रमुख खडक खड्का लगायतका नेताहरुले दोसल्ला, प्रमाण पत्रसहित सम्मान गरेका थिए ।

‘छोरीलाई सन्तानको रुपमा छोरीको अस्तित्व नहुने र छोरा भए मात्र पुण्य कमाईन्छ भन्ने मान्यताले मलाई पनि दोस्रो बिहे गरेर छोरा जन्माउनु पर्छ भन्ने बाध्यता आएको थियो । तर मैले त्यो गरिन’ कैलासका शिक्षक ऐन बहादुर सिंहले भने, ‘श्रीमतीको पनि स्वास्थ्य अबस्था कमजोर थियो । दुई छोरी भएपछि परिवार नियोजन गरिदिए ।’

सम्मान कार्यक्रमले छोरी हुँदा सन्तुष्टी हुने दम्पतीलाई सम्मान भएको छ भने महिलाहरुलाई आत्मबल पुगेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: