‘उर्लदो सय करोड’ अभियान धोवीघाटबाट शुभारम्भ हुने


प्रकाशित मिति :2019-09-05 15:06:45

-महिला खबर-

ललितपुर । सन् २०२० का लागि मनाउन लागिएको अन्तर्राष्ट्रिय महिलावादी ऐक्यवद्वता ‘उर्लदो सय करोड’ ललितपुर महानगरपालिकाको धोवीघाटबाट शुभारम्भ गरिदैछ । सो अवसरमा अन्तरराष्ट्रिय विज्ञका अनुभव आदान प्रदान, नाटक, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।

यस्तै सोही अवसरमा महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत तारकेश्वर नगरपालिकामा रहेको सिर्जनशील महिला समाजलाई रु एक लाख नगदसहित ताम्रपत्रले सम्मान गरिने भएको छ ।

महिला हिंसा बिरुद्धका चित्र सिर्जना गरी समाजमा शान्ति तथा अहिंसाको जनमत तयार गरेवापत महोत्तरीकी सुनैना ठाकुरलाई रु ५० हजार पुरस्कारको संगती ग्रान्ट अवार्ड प्रदान गरिने भएको छ । मिथिला चित्रकलाका माध्यमबाट ठाकुरले लैंगिक समानता, सामाजिक समावेशीकरण, महिला र अन्यमाथि हुने हिंसालगायत सामाजिक मुद्दाकाबारे सन्देश दिएकी छन् ।

दक्षिण एशियाली राष्ट्रहरुमा आधारित एक नारीवादी नेटवर्क र नागरिक समाजले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नारीवादी लेखक कमला भासिनले यही भदौँ २१ गते उक्त पुरस्कार वितरण गरिने जानकारी दिइन् ।

उनले पितृसतात्मक सोचले समाजमा पुरुषलाई हिंसातर्फउन्मुख गरेको बताउँदै सामाजिक न्याय, समानता र प्रेमले सहअस्तित्व र शान्तपूर्ण समाज निर्माण गर्न सहयोग पुर्याउने विचार व्यक्त गरिन ।

महिलावादी अभियानकर्ता पुजा पन्तले बालिका तथा महिलामाथि हुने हिंसाबिरुद्धको लडाईका रुपमा ‘उर्लदो सय करोड’ विश्वका २०७ देशमा मनाईने जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: