-महिला खबर-
ललितपुर । चितवनको भरतपुर महानगरपालिकाकी एक बालिका मृत भेटिएकी छिन् । भरतपुर महानगरपालिका ५, कैलाशनगरकी ६ वर्षीया स्मृती कार्की बिहीबार बेलुकादेखि हराएकी थिइन् । उनको शव शनिबार घर नजिकैको नहरमा भेटिएको हो ।
बालिकाका परिवारका सदस्यका अनुसार बालिका बिहीबार घरको आँगनमा रहेको बेञ्चमा सुतिरहेकी थिइन् । सुतिरहेकै अवस्थाबाट उनी हराएकी थिइन् ।
चितवनकी सामाजिक अभियन्ता मीना खरेलका अनुसार उनी शनिबार बिहान घर नजिकैको नहरमा मृत अवस्थामा भेटिएकी हुन् । यसअघि पनि परिवारले उक्त नहरमा खोजेपनि बालिका भेटिएकी थिइनन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बालिकाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । उनको मृत्यु कसरी भयो भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।
Comment Here!