सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ


प्रकाशित मिति :2019-09-10 11:56:06

महिला खबर

नवलपुर । नवलपरासी पश्चिमकी १९ वर्षकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा नौ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पक्राउ गरेको छ ।

भदौ २२ गते आईतवार विहान नौ बजेतिरको समयमा घरबाट कामको लागि बाहिर निस्किएकी युवतीलाई सुस्ता गाउपालिका सेखुवाना स्थित भित्री सडक खण्डमा डर त्रास देखाएर सडकबाट तीन सय मिटर भित्र रहेको उखु बारीमा लगि जबरजस्ति करणी गरेको आरोपमा पक्राउ गरिकएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए । युवतीलाई बलात्कार गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय वेलाटारीबाट प्रहरी निरिक्षक प्रकाश श्रीमलको कमाण्डमा खटिएको टोलीले बलात्कारमा संलग्नको खोजी गर्दा सिमाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । घटनामा १० जना संलग्न रहेको र एक जना अझै फारार रहेकाले खोजी कार्य भईरहेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।

पक्राउ पनम सबै सुस्ता गाउपालिका तीन फेनरवा बस्ने रहेको थापाले बताए । पक्राउ पर्नेमा ४५ वर्षका सुरेन्द्र यादव , २५ वर्षको मनमोहन राजभर , २२ वर्षका शिवराज राजभर , ३७ वर्षका मिभलाल मसहर , २२ वर्षको सन्दिप यादव , २२ वर्षको राजु मुसहर , ४० वर्षको नेत्र चौधरी, १९ वर्षको पिन्टु राजभर र १९ वर्षकै अमरनाथ भडिहार रहेको थापाले बताए ।

पक्राउ परेका सबैलाई जबरजस्ति करणी अन्तरगत मुद्धा दर्ता गरेर कारवाहि प्रकृया अगाडी बढाईएको थापाले बताएका छन् ।

युवतीको अहिले भैरहवा स्थित मेडिकल कलेजमा उपचार भईरहको र अवस्था सामानय रहेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: